
काठमाडौं । विश्व रक्तदान दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा दुई सय २१ जनाले रक्तदान गरेका छन् । देशका विभिन्न ४ स्थानमा आयोजना भएको कार्यक्रममा उनीहरुले रक्तदान गरेका हुन । ८० पिन्ट दाङ, ६१ पिन्ट काठमाडौँ, ६१ पिन्ट उदयपुर र १९ पिन्ट सुर्खेतमा भएको रक्तदान कार्यक्रमबाट संकलन भएको हो ।

विज्ञानले सबै कुराको आविश्कार गरे पनि रगतको आविश्कार गर्न नसकेको र रगतको माग पुरा गर्ने एकमात्र विकल्प रक्तदान भएकाले कार्यक्रमको आयोजना गरिएको नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख चमेली वाईजीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, दान मध्यको सबैभन्दा ठूलो दान रक्तदान नै हो ।

आध्यात्मिक तथा सामाजिक सस्थाको रुपमा विश्व सामु परिचय बनाएको संस्थाले विभिन्न अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको छ । जुन १४ लाई विश्व रक्तदान दिवसको रुपमा मनाउँदै आइएको छ ।
Sudina Shrestha
प्रकाशित: १ असार २०८२, आईतवार १२:०७
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
