काठमाडौं । विश्व रक्तदान दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा दुई सय २१ जनाले रक्तदान गरेका छन् । देशका विभिन्न ४ स्थानमा आयोजना भएको कार्यक्रममा उनीहरुले रक्तदान गरेका हुन । ८० पिन्ट दाङ, ६१ पिन्ट काठमाडौँ, ६१ पिन्ट उदयपुर र १९ पिन्ट सुर्खेतमा भएको रक्तदान कार्यक्रमबाट संकलन भएको हो ।

विज्ञानले सबै कुराको आविश्कार गरे पनि रगतको आविश्कार गर्न नसकेको र रगतको माग पुरा गर्ने एकमात्र विकल्प रक्तदान भएकाले कार्यक्रमको आयोजना गरिएको नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख चमेली वाईजीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, दान मध्यको सबैभन्दा ठूलो दान रक्तदान नै हो ।

आध्यात्मिक तथा सामाजिक सस्थाको रुपमा विश्व सामु परिचय बनाएको संस्थाले विभिन्न अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको छ । जुन १४ लाई विश्व रक्तदान दिवसको रुपमा मनाउँदै आइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-15
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
