
काठमाण्डौ । आईसीसी विश्व टेस्ट च्याम्पियनशिप–२०२५ को उपाधि दक्षिण अफ्रिकाले जीतेको छ । बेलायतको लड्र्स क्रिकेट मैदानमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकाले पूर्व विजेता अस्ट्रेलियालाई पाँच विकेटले हराएको हो ।
उपाधि जित्न दुई सय ८२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले चौथो दिनको पहिलो पारीमा पाँच विकेट गुमाएर भेट्टायो । दक्षिण अफ्रिकाका लागि ओपनगर ब्याटर एडेन माक्ररमले एक सय ३६ रनको शतकीय पारी खेले । यस्तै कप्तान टेम्बा बभुमाले ६६ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्कले तीन, कप्तान प्याट कमिन्स र जोश हेजलवुडले समान एक विकेट लिए ।
अस्ट्रेलियाले समग्रमा दुई सय ८२ रन बनाएको थियो । दक्षिण अफ्रिका ६९ दशमलव ४४ प्रतिशत र अस्ट्रेलिया ६७ दशमलव ५४ अङ्कका साथ फाइनलमा पुगेका हुन् । यो संस्करणको विजेता दक्षिण अफ्रिकाले ३ दशमलव ६ मिलियन अमेरिकी डलर र उपविजेता अस्ट्रेलियाले २ दशमलव १६ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।
सन् २०१९ देखि शुरू भएको पहिलो संस्करणको विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा न्युजिल्यान्डले भारतलाई हराउँदै तथा दोस्रो संस्करणमा अस्ट्रेलियाले भारतलाई नै हराउँदै उपाधि जितेका थिए । यी दुवै संस्करणमा भारत उपविजेता भएको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १ असार २०८२, आईतवार ११:०२
Kathmandu Valley among areas at risk of flooding today

Wooden bridge construction begins in Maiwakhola through labor donation

टाटा समुहले मृतकका परिवारलाई एक करोड बाहेक थप २५ लाख दिने

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

फिल्म ‘मिरमिरे’ को लाइनअप बलियो बन्दै, अभिनेत्री सिर्जनाको इन्ट्री

ट्रेड टावरको आइपीओ बाँडफाँट
