
काठमाडौँ इरानको आक्रमणमा इजरायलमा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
द इजरायल टाइम्सका अनुसार इरानको आक्रमणमा २०० भन्दा बढी घाइते भएका छन् । त्यस्तै हाल ३५ जनाको अवस्था अज्ञात रहेको छ । मृत्यु हुनेमा एक ८ बर्षिय बालिका समेत रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
इरानले आवासीय क्षेत्रमा गएको मिसाइल आक्रमणले कैयौं घरहरु ध्वस्त भएका छन् । इरानले प्रहार गरेका मिसाइललाई इजरायलको आइरन डोम सिस्टमले समेत रोक्न नसकेको भन्दै आश्चर्य व्यक्त गरिएको छ ।
शुक्रबार विहान इजरायलले इरानमाथि आक्रमण गरेर शुरु भएको यो युद्ध अब दोहोरो आक्रमणमा परिणत भएको छ । इजरायलको आक्रमणमा इरानको सेनाका उच्च अधिकारी र ९ जना आणविक वैज्ञानिकको मृत्यु भएको छ ।
Sudina Shrestha
प्रकाशित: १ असार २०८२, आईतवार १०:५०
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
