काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान र इजरायलबीच बढ्दो तनावको बारेमा टेलिफोन वार्ता गरेका छन् । यो वार्ता लगभग एक घण्टा चलेको बताइएको छ ।
ट्रम्पले लेखेका छन्- ‘राष्ट्रपति पुटिनले आज बिहान मलाई जन्मदिनको शुभकामना दिन फोन गरेका थिए । तर वास्तवमा हाम्रो वार्ता इरानमा बढी केन्द्रित थियो । पुटिनलाई राम्ररी थाहा भएको देश । हामीले इरानको बारेमा लामो कुराकानी गर्यौं । रुस र युक्रेनको बारेमा संक्षिप्त छलफल भयो, जुन अर्को हप्ता छलफल गरिनेछ ।’
ट्रम्पले रूस र युक्रेन दुवैले आफ्ना कैदीहरू आदानप्रदान गर्ने योजनामा काम गरिरहेको र दुवै देशहरूले तुरुन्तै ठूलो संख्यामा कैदीहरू आदानप्रदान गरिरहेको समेत बताए । उनले भनेका छन्- ‘पुटिन विश्वास गर्छन् र मलाई पनि लाग्छ कि इजरायल र इरानबीच चलिरहेको युद्ध अब अन्त्य हुनुपर्छ ।’
इजरायलले शुक्रबार बिहानबाट इरानमाथि आक्रमण गर्न शुरु गरेपछि दुवै देश भिषण युद्धमा रहेका छन् । दुवैले एक अर्काविरुद्ध मिसाइल आक्रमण गरिरहेका छन् । साथै दुवै देशले अझै ठुलो आक्रमण गर्ने चेतावनी समेत दिएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-15
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
