भारत । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ । देहरादुनबाट केदारनाथ उडेको हेलिकप्टर आइतबार बिहान रूद्रप्रयागको गौरिकुण्डमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय अनलाइन पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार हेलिकप्टरमा पाइलटसहित सात जना सवार थिए । तीमध्ये एकजना बालक रहेको पनि बताइएको छ ।
आर्यन एभियसन प्रालिको उक्त हेलिकप्टर गौरीकुण्ड र त्रिजंगीनारायणको बीचमा पर्ने दुर्गम गाउँमा दुर्घटना भएको समाचारमा उल्लेख छ । हेलिकप्टरमा सवार सातै जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ । हेलिकप्टरमा सवार यात्रुका बारेमा थप विवरण सार्वजनिक भएको छैन ।
दुर्घटना बिहान ५ः२० बजे भएको उत्तराखण्डको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उत्तराखण्का प्रहरी महानिरीक्षक राजिव स्वरूपले दुर्घटनाको पुष्टि गरेका छन् ।साथै उद्धार टोली पनि घटनास्थलमा परिचालन गरिएको उनले बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-15
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
