
भारत । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ । देहरादुनबाट केदारनाथ उडेको हेलिकप्टर आइतबार बिहान रूद्रप्रयागको गौरिकुण्डमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय अनलाइन पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार हेलिकप्टरमा पाइलटसहित सात जना सवार थिए । तीमध्ये एकजना बालक रहेको पनि बताइएको छ ।
आर्यन एभियसन प्रालिको उक्त हेलिकप्टर गौरीकुण्ड र त्रिजंगीनारायणको बीचमा पर्ने दुर्गम गाउँमा दुर्घटना भएको समाचारमा उल्लेख छ । हेलिकप्टरमा सवार सातै जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ । हेलिकप्टरमा सवार यात्रुका बारेमा थप विवरण सार्वजनिक भएको छैन ।
दुर्घटना बिहान ५ः२० बजे भएको उत्तराखण्डको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उत्तराखण्का प्रहरी महानिरीक्षक राजिव स्वरूपले दुर्घटनाको पुष्टि गरेका छन् ।साथै उद्धार टोली पनि घटनास्थलमा परिचालन गरिएको उनले बताएका छन् ।
Sudina Shrestha
प्रकाशित: १ असार २०८२, आईतवार ०९:५६
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
