
काठमाण्डौ । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन् । अर्का प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतको झिनो अन्तरले पराजित गर्दै कडरिया अखिलको अध्यक्षमा निर्वाचित भएका हुन् । कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत प्राप्त गरे ।
उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना शिवाकोटी, महासचिवमा दिपक धामी, उपमहासचिवमा कमल जोशी तथा सचिवहरूमा आकाश घर्ती, रचना सापकोटा, समिम बाबु र गोपाल नेपाल विजयी भएका छन् । विद्युतीय मेसिनबाट भएको मतदानमा एक हजार पाँच सय ५१ मध्ये एक हजार चार सय ५० मत खसेको थियो ।
Sudina Shrestha
प्रकाशित: ३१ जेष्ठ २०८२, शुक्रबार ०८:१०
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
