काठमाण्डौ । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन् । अर्का प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतको झिनो अन्तरले पराजित गर्दै कडरिया अखिलको अध्यक्षमा निर्वाचित भएका हुन् । कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत प्राप्त गरे ।
उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना शिवाकोटी, महासचिवमा दिपक धामी, उपमहासचिवमा कमल जोशी तथा सचिवहरूमा आकाश घर्ती, रचना सापकोटा, समिम बाबु र गोपाल नेपाल विजयी भएका छन् । विद्युतीय मेसिनबाट भएको मतदानमा एक हजार पाँच सय ५१ मध्ये एक हजार चार सय ५० मत खसेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-13
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
