एजेन्सी । भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा दुई सय ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । हिजो दुई सय ४२ जना यात्रु बोकेर वेलायतको लागि उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान उडान भरेको केही समयमै आवासीय क्षेत्रमा दुर्घटना भएको थियो ।
दुर्घटनामा एक जना वेलायती नागरिकबाहेक अरू सबैको ज्यान गएको एयर इन्डियाले पुष्टि गरेको छ । दुर्घटनामा बाँच्न सफल विश्वास कुमार रमेशको अस्पतालमा उपचार भइरहेको छ । विमानको सिट नम्बर ११ए मा बसेका भारतीय मूलका बेलायती नागरिक रमेश दुर्घटनाबाट जोगिएका हुन् । दुर्घटनाग्रस्त एयर इन्डियाको उडानमा एक सय ६९ भारतीय नागरिक, ५३ बेलायती, सात पोर्चुगलका नागरिक र एक क्यानेडियन नागरिक थिए ।
यसैबीच टाटा समूहले आफ्नो कम्पनी एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रतिव्यक्ति १ करोड रुपैयाँ राहत दिने घोषणा गरेको छ । टाटा समूहले घाइतेहरूको उपचारको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-13
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
