
एजेन्सी । भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा दुई सय ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । हिजो दुई सय ४२ जना यात्रु बोकेर वेलायतको लागि उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान उडान भरेको केही समयमै आवासीय क्षेत्रमा दुर्घटना भएको थियो ।
दुर्घटनामा एक जना वेलायती नागरिकबाहेक अरू सबैको ज्यान गएको एयर इन्डियाले पुष्टि गरेको छ । दुर्घटनामा बाँच्न सफल विश्वास कुमार रमेशको अस्पतालमा उपचार भइरहेको छ । विमानको सिट नम्बर ११ए मा बसेका भारतीय मूलका बेलायती नागरिक रमेश दुर्घटनाबाट जोगिएका हुन् । दुर्घटनाग्रस्त एयर इन्डियाको उडानमा एक सय ६९ भारतीय नागरिक, ५३ बेलायती, सात पोर्चुगलका नागरिक र एक क्यानेडियन नागरिक थिए ।
यसैबीच टाटा समूहले आफ्नो कम्पनी एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रतिव्यक्ति १ करोड रुपैयाँ राहत दिने घोषणा गरेको छ । टाटा समूहले घाइतेहरूको उपचारको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: ३१ जेष्ठ २०८२, शुक्रबार ०८:०७
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
