
काठमाण्डौ । युवा तथा खेलकुद मन्त्रालयको सहयोग र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा विभिन्न कार्यक्रमसहित बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटन अवसरमा राष्ट्रपति पौडेलले खेलकुदको माध्यमबाट एक असल नागरिक बनाउन मद्दत गर्ने बताउँदै खेलाडी उत्पादनको राम्रो माध्यम नै विद्यालय तहबाट खेलाडी छनोट रहेकाले प्रतियोगिता धेरै महत्वपूर्ण रहेको बताए ।
साहसिक खेलकुदका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेकाले राज्यले यसमा लगानी बढाउनु पर्ने उनको भनाइ छ । सात प्रदेशबाट छ सय ८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ खेल समावेश छन् । प्रतियोगिता भोलि शुक्रवारसम्म चल्नेछ ।
Sudina Shrestha
प्रकाशित: ३० जेष्ठ २०८२, बिहीबार ०८:२५
बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
