
काठमाण्डौ । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला आउँदो असार १८ गते आउने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक जलासमा रहेको मुद्दामा हिजो फैसला आउने भनिए पनि निर्णय सुनाउने मिति सरेको हो ।
यसअघि गएको जेठ १ गते सुनुवाइ सकिएपछि हिजोको लागि निर्णय सुनाउने मिति तोकिएको थियो । तर न्यायाधीशहरुबीच हिजो दिनभर छलफल भए पनि फैसलाबारे निर्णय हुन सकेन ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ र २०७८ सालमा दुई चरणमा गरी अध्यादेशमार्फत संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरेकोमा ती नियुक्तिहरू ‘गैरकानूनी’ रहेको दाबी गर्दै चार वर्षअघि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।
गएको माघ ३० गतेसम्म रिटमा सुनुवाइ नै थालेको थिएन । त्यसअघि १० पटकसम्म ‘हेर्न नभ्याइने’मा परेर पेसी सरेको थियो । गएको माघ ३० गते निरन्तर सुनुवाइ गर्न ‘हेर्दाहेर्दै’ मा राखेर अघि बढाइएको थियो ।
गएको वैशाख २८ र ३० तथा १ जेठको सुनुवाइबाट बहस सकिएपछि संवैधानिक इजलासले हिजोको लागि निर्णय सुनाउने मिति तय गरेको थियो । तर हिजो पनि निर्णय हुन नसकेर असार १८ गतेलाई सरेको हो ।
Sudina Shrestha
प्रकाशित: ३० जेष्ठ २०८२, बिहीबार ०८:१९
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
