काठमाण्डौ । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला आउँदो असार १८ गते आउने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक जलासमा रहेको मुद्दामा हिजो फैसला आउने भनिए पनि निर्णय सुनाउने मिति सरेको हो ।
यसअघि गएको जेठ १ गते सुनुवाइ सकिएपछि हिजोको लागि निर्णय सुनाउने मिति तोकिएको थियो । तर न्यायाधीशहरुबीच हिजो दिनभर छलफल भए पनि फैसलाबारे निर्णय हुन सकेन ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ र २०७८ सालमा दुई चरणमा गरी अध्यादेशमार्फत संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरेकोमा ती नियुक्तिहरू ‘गैरकानूनी’ रहेको दाबी गर्दै चार वर्षअघि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।
गएको माघ ३० गतेसम्म रिटमा सुनुवाइ नै थालेको थिएन । त्यसअघि १० पटकसम्म ‘हेर्न नभ्याइने’मा परेर पेसी सरेको थियो । गएको माघ ३० गते निरन्तर सुनुवाइ गर्न ‘हेर्दाहेर्दै’ मा राखेर अघि बढाइएको थियो ।
गएको वैशाख २८ र ३० तथा १ जेठको सुनुवाइबाट बहस सकिएपछि संवैधानिक इजलासले हिजोको लागि निर्णय सुनाउने मिति तय गरेको थियो । तर हिजो पनि निर्णय हुन नसकेर असार १८ गतेलाई सरेको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-12
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
