काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले परिवर्तित आर्थिक परिदृष्यमा नेपालजस्ता साना मुलुकमा लगानी विस्तार एवं बजार पहुँचबारे अन्तर्राष्ट्रिय संस्थाहरूसँग छलफल गरेका छन् ।
स्विजरल्यान्डको जेनेभामा सम्पन्न ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनका अवसरमा रोजगारदाताको अन्तर्राष्टिय संगठन इन्टरनेसनल अर्गनाइजेसन अफ इम्प्लोयर्स (आईओई) महासचिव रोबर्टो स्वारेज सान्तोस तथा विश्व व्यापार संगठन (डब्लूटीओ) उपमहानिर्देशक झाङ सियाङछेनसँग भएको छुट्टाछुट्टै भेटवार्ता क्रममा उनले नेपालभित्र भएका लगानीका सभावना र दुवै संस्थासँगको सहकार्य तथा नेपालको अपेक्षाबारे आफ्ना धारणा राखे ।
आईओई महासचिव सान्तोससँगको भेटवार्तामा महासंघ अध्यक्ष ढकालले विकासका चुनौती पार गर्न तत्काल लगानीको खाँचो रहेको उल्लेख गरे ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-11
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
