
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले परिवर्तित आर्थिक परिदृष्यमा नेपालजस्ता साना मुलुकमा लगानी विस्तार एवं बजार पहुँचबारे अन्तर्राष्ट्रिय संस्थाहरूसँग छलफल गरेका छन् ।
स्विजरल्यान्डको जेनेभामा सम्पन्न ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनका अवसरमा रोजगारदाताको अन्तर्राष्टिय संगठन इन्टरनेसनल अर्गनाइजेसन अफ इम्प्लोयर्स (आईओई) महासचिव रोबर्टो स्वारेज सान्तोस तथा विश्व व्यापार संगठन (डब्लूटीओ) उपमहानिर्देशक झाङ सियाङछेनसँग भएको छुट्टाछुट्टै भेटवार्ता क्रममा उनले नेपालभित्र भएका लगानीका सभावना र दुवै संस्थासँगको सहकार्य तथा नेपालको अपेक्षाबारे आफ्ना धारणा राखे ।
आईओई महासचिव सान्तोससँगको भेटवार्तामा महासंघ अध्यक्ष ढकालले विकासका चुनौती पार गर्न तत्काल लगानीको खाँचो रहेको उल्लेख गरे ।
Sudina Shrestha
प्रकाशित: २९ जेष्ठ २०८२, बुधबार १८:३१
बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
