मुस्ताङ, गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मुस्ताङ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको अवलोकन गर्नुभएको छ।
अवलोकनका क्रममा अध्यक्ष प्रचण्डले केन्द्रमा भइरहेका बागवानीसम्बन्धी गतिविधिहरु, फलफूल तथा तरकारी उत्पादन र अनुसन्धान सम्बन्धी कार्यहरूबारे जानकारी लिनुभएको थियो। उहाँले जलवायु अनुकूल खेती प्रणाली तथा प्रविधिको प्रयोगमार्फत स्थानीय उत्पादन वृद्धि गर्न केन्द्रको भूमिका उल्लेखनीय रहेको बताउनुभयो।
अध्यक्ष प्रचण्डले हिमाली जिल्लाहरूको कृषि सम्भावनालाई उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा यस्ता संस्थाहरूको सशक्त योगदान आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, उहाँले आगामी दिनमा सरकारी तर्फबाट प्राविधिक सहयोग तथा आवश्यक पूर्वाधार विकासमा साथ दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
शीतोष्ण बागवानी विकास केन्द्रले उच्च हिमाली भेगका लागि उपयुक्त बागवानी प्रविधिहरू विकास गर्दै आएको छ, जसले कृषकहरूलाई आधुनिक तथा व्यावसायिक खेतीतर्फ उन्मुख गराउन मद्दत पुर्याइरहेको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-11
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
