
काठमाण्डौ । देशभर केही दिनदेखि सताइरहेको अत्यधिक गर्मीबाट आजदेखि क्रमशः राहत मिल्ने मौसमविद्ले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र तापक्रम घट्दै जाने छ ।
पछिल्लो केही दिनदेखि तराईलगायत देशका धेरैजसो ठाउँमा तापक्रम उच्च रहेकाले जनजीवन कष्टकर बनेको थियो । तर आजदेखि बादल लाग्ने र केही ठाउँमा वर्षाको सम्भावना रहेकाले गर्मीमा केही राहत महसूस हुने मौसमविद् प्रतिभा मानन्धरले बताएका छन् ।
अहिले कोशी प्रदेशका धेरैजसो ठाउँमा मनसुन फैलिएको भए पनि त्यो अझै पूर्ण सक्रिय भएको छैन । महाशाखाले देशभर मनसुन फैलिन अझै ५ देखि ७ दिन लाग्न सक्ने अनुमान गरेको छ ।
बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र बनेकाले कोशी प्रदेशमा आइसकेको मनसुन भने आज बेलुकादेखि नै सक्रिय बन्न थालेर बिस्तारै पश्चिमतर्फ सर्न थाल्नेछ । आइतवारदेखि पहाडी क्षेत्रमा रोपाइँका लागि वर्षा हुने पूर्वानुमान महाशाखाको छ ।
Sudina Shrestha
प्रकाशित: २९ जेष्ठ २०८२, बुधबार ०९:०४
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
