
एजेन्सी । अमेरिकाको लस एन्जलसमा आप्रवासीमाथि छापा मारेको विरोधमा भएको प्रदर्शन उग्र बन्दै गएको छ । आप्रवासी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भइरहेको छ ।
आन्दोलन चर्किँदै गएपछि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले विशेष तालिम प्राप्त सैनिक परिचालन गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध भएका प्रदर्शनलाई नियन्त्रण गर्न पेन्टागनले सैनिक परिचालन गरेको हो ।
अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार त्यहाँ एक मरिन बटालियन अर्थात् करिब ७०० विशेष तालिमप्राप्त सैनिक परिचालन गरिएको छ । पेन्टागनले सोमबार सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, ‘यी सैनिकहरूलाई संघीय कर्मचारी तथा सम्पत्तिको सुरक्षा गर्न सक्रिय गरिएको हो ।’
तर, यसअघि नै ट्रम्पले लस एन्जलसमा २००० नेशनल गार्ड पठाइसकेका थिए । पेन्टागनका प्रवक्ता शोन पर्नेलले लस एन्जलसमा थप २००० नेशनल गार्ड सैनिकहरू पनि परिचालित गरिने बताएका छन् ।
यस्तै, राज्य सरकारले भने संघीय कदमको कडा विरोध गरेको छ । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले नेशनल गार्डको तैनाथीविरुद्ध कानुनी चुनौती दर्ता गरिसकेका छन् ।
सैन्य निकायका अनुसार यी मरिन सैनिकहरूलाई मुख्य संघीय एजेन्सीको नेतृत्वमा क्षेत्रको निरन्तर निगरानी र सुरक्षाका लागि सहयोग गर्न खटाइएको छ । मरिन सैनिकहरू सामान्य सैनिकभन्दा फरक, विशेष तालिम प्राप्त हुन्छन्, जसले समुद्री, स्थल र आकस्मिक स्थितिमा तत्काल प्रतिक्रिया जनाउन सक्छन् ।
ट्रम्प प्रशासनका एक अधिकारीले यी मरिनहरू केवल नेशनल गार्ड र अन्य कानुन कार्यान्वयन निकायहरूको सहायक भूमिकामा मात्र रहने रोयटर्ससँग भनेका छन् ।
Sudina Shrestha
प्रकाशित: २९ जेष्ठ २०८२, बुधबार ०८:५२
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
