एजेन्सी । अमेरिकाको लस एन्जलसमा आप्रवासीमाथि छापा मारेको विरोधमा भएको प्रदर्शन उग्र बन्दै गएको छ । आप्रवासी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भइरहेको छ ।
आन्दोलन चर्किँदै गएपछि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले विशेष तालिम प्राप्त सैनिक परिचालन गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध भएका प्रदर्शनलाई नियन्त्रण गर्न पेन्टागनले सैनिक परिचालन गरेको हो ।
अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार त्यहाँ एक मरिन बटालियन अर्थात् करिब ७०० विशेष तालिमप्राप्त सैनिक परिचालन गरिएको छ । पेन्टागनले सोमबार सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, ‘यी सैनिकहरूलाई संघीय कर्मचारी तथा सम्पत्तिको सुरक्षा गर्न सक्रिय गरिएको हो ।’
तर, यसअघि नै ट्रम्पले लस एन्जलसमा २००० नेशनल गार्ड पठाइसकेका थिए । पेन्टागनका प्रवक्ता शोन पर्नेलले लस एन्जलसमा थप २००० नेशनल गार्ड सैनिकहरू पनि परिचालित गरिने बताएका छन् ।
यस्तै, राज्य सरकारले भने संघीय कदमको कडा विरोध गरेको छ । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले नेशनल गार्डको तैनाथीविरुद्ध कानुनी चुनौती दर्ता गरिसकेका छन् ।
सैन्य निकायका अनुसार यी मरिन सैनिकहरूलाई मुख्य संघीय एजेन्सीको नेतृत्वमा क्षेत्रको निरन्तर निगरानी र सुरक्षाका लागि सहयोग गर्न खटाइएको छ । मरिन सैनिकहरू सामान्य सैनिकभन्दा फरक, विशेष तालिम प्राप्त हुन्छन्, जसले समुद्री, स्थल र आकस्मिक स्थितिमा तत्काल प्रतिक्रिया जनाउन सक्छन् ।
ट्रम्प प्रशासनका एक अधिकारीले यी मरिनहरू केवल नेशनल गार्ड र अन्य कानुन कार्यान्वयन निकायहरूको सहायक भूमिकामा मात्र रहने रोयटर्ससँग भनेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-11
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
