
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।
यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक–पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।
आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२÷८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची छ । प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक पछिल्ला दिनहरुमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
Sudina Shrestha
प्रकाशित: २९ जेष्ठ २०८२, बुधबार ०८:४९
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
