भेरीगङ्गा (सुर्खेत), चिङ्गाड गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । सबै वडाका पाँच वर्षमुनिका बालबालिकाले आवश्यक सम्पूर्ण नियमित खोप लगाइसकेपछि पूर्णखोप सुनिश्चितता भएपछि सो पालिकालाई सुर्खेतको पहिला नै पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो ।
पाँच वर्षमुनिका सबै बालबालिकाले आवश्यक सम्पूर्ण नियमित खोप लगाइसकेपछि पालिकालाई नै पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । यससँगै चिङ्गाड गाउँपालिका जिल्लाकै पहिलो यस्तो पालिका बनेको छ ।
जनस्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत घनबहादुर बुढाका अनुसार जिल्ला खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा घोषणा गरिएको हो । वडास्तरमा खोप सुनिश्चितताको घोषणापछि पालिकाले सम्पूर्ण मापदण्ड पूरा गरेपछि पूर्णखोप सुनिश्चित पालिकाको रूपमा मान्यता पाएको हो । उहाँले पहिले वडास्तरमा खोप घोषणा भएको र त्यसपछि पालिकास्तरमा पूर्ण सुनिश्चितता घोषणा गरिएको स्पष्ट पार्नुभयो ।
स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक र समुदायको निरन्तर प्रयास र सहकार्यबाट पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएको उहाले जाकारी दिनुभयो । पूर्णखोप सुनिश्चितता भनेको सबै बालबालिकाले समयमा सबै खोप लगाउनु र त्यो उपलब्धि दिगो रूपमा कायम गर्नुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् ।
कार्यक्रमका खोप समन्वय समितिका कार्यवहाक अध्यक्ष सचिन बडुवालले बालबालिकाको जीवनरक्षा र स्वस्थ भविष्यका लागि खोप कार्यक्रमको सफल कार्यान्वयन निकै सराहनीय रहेको बताउनुभयो ।
चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोदविक्रम जिसीले स्थानीय सरकार, स्वास्थ्यकर्मी, स्वयंसेविका, अभिभावक र सम्पूर्ण समुदायबीचको सहकार्यकै कारण यस्तो महत्त्वपूर्ण उपलब्धि सम्भव भएको बताउनुभयो । जनस्वास्थ्य सेवा कार्यालयतका प्रमुख करुणा भट्टराईले सबै बालबालिकाले समयमा खोप लगाउनुमात्र पर्याप्त नभई त्यो अभ्यासलाई दिगो रूपमा कायम राख्नु अत्यावश्यक छ भन्नुभयो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-10
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
