
काठमाडौं । नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले विज्ञप्ति जारी गर्दै नेपालमै पहिलोचोटि सेक्स चेन्ज (मेल टु फिमेल) अपरेसन सम्पन्न गरिएको जानकारी दिएको हो ।
अस्पतालले जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा गरिएको यस सेक्स चेन्ज अपरेसनमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरिएको जानकारी दिएको छ ।
र यसले सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको अस्पतालका प्रवक्ता सह प्रा।डा गोपाल सेढाईले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
शिक्षण अस्पतालका अनुसार अस्पतालको प्लास्टिक सर्जरी विभागले यही जेठ १२ देखि १५ गतेसम्म ट्रान्सजेन्डर समुदायका लागि विभिन्न प्रकारका सर्जरी गरेको थियो । त्यसै क्रममा देशमै पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको सेक्स चेन्ज अपरेसन पनि सफल भएको हो ।
यसअघि नेपालका ट्रान्सजेन्डर व्यक्तिहरु लिंग परिवर्तन गर्न विदेश जानुपर्ने र धेरै खर्च गर्नपुर्ने बाध्यता थियो । तर, अब भने नेपालमै यो सुविधा रहेकाले ट्रान्सजेन्डर समुदायका व्यक्तिहरुले राहत पाउने अनुमान गरिएको छ ।
Sudina Shrestha
प्रकाशित: २७ जेष्ठ २०८२, सोमबार ०९:०९
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
