
काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल दुई रनले पराजित भएको छ । स्कटल्यान्डले दिएको तीन सय २४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा तीन सय २१ रनमा अलआउट भयो ।
नेपालका लागि भीम सार्कीले ७३, सोमपाल कामीले ६७ र दीपेन्द्रसिंह ऐरीले ५६ रन बनाए । स्कटल्यान्डका म्याकेन्जी जोन्सले तीन विकेट लिए । यस्तै सफियान शरीफ र माइकल लीस्कले समान दुई तथा ब्रान्डन म्याकमुलेन र चार्ली क्यासलले समान एक विकेट लिए ।
त्यसअघि स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा छ विकेट गुमाएर तीन सय २३ रन बनाएको थियो । स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले एक सय दुई रन बनाए । यस्तै माइकल लीस्कले ९६ र चार्ली टियरले ६८ रन जोडे । नेपालका करन केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा ललित राजवंशीले एक विकेट लिए ।
यो जीतसँगै स्कटल्यान्ड १९ खेलमा २४ अङ्कसहित तालिकाको तेश्रो स्थानमा उक्लिएको छ । १५ खेलमा १० अङ्कसहित नेपाल सातौं स्थानमा यथावत् छ । लिग–२ को तालिकामा अमेरिका शीर्ष स्थानमा छ । लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सहभागी छन् ।
नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो । लिग–२ को चौथो तथा अन्तिम खेलमा नेपालले भोलि फेरि नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ । लिग–२ को शीर्ष चारमा रहने टोली विश्वकपको ग्लोबल छनोटमा सीधै पुग्नेछन् । यस्तै पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने हुन्छ ।
Sudina Shrestha
प्रकाशित: २७ जेष्ठ २०८२, सोमबार ०९:०५
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
