
काठमाण्डौ । यूईएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । जर्मनीको म्युनिखमा आज बिहान भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ गोलले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो ।
योसँगै पोर्चुगलले दोस्रो पटक नेसन्स लिगको उपाधि जित्ने पहिलो टोली बनेको छ । निर्धारित समयमा दुवै टोलीबाट २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र नुनो मेन्डिसले समान एक गोल गरे । यस्तै स्पेनका मार्टिन जुबीमेन्डी र माइकल ओयारजाबलले समान एक गोल गरे ।
त्यसअघि फ्रान्सले नेसन्स लिगको सान्त्वना जीत हात पारेको छ । राति तेश्रो स्थानका लागि भएको खेलमा फ्रान्सले घरेलु टोली जर्मनीलाई २–० गोलले हरायो । फ्रान्सका लागि कप्तान किलियन एमबाप्पे र माइकल ओलिजेले समान एक गोल गरे ।
Sudina Shrestha
प्रकाशित: २७ जेष्ठ २०८२, सोमबार ०९:०४
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
