काठमाडौं । अमेरिकाले थप ४० नेपालीलाई डिपोट गरेको छ । उनीहरुलाई आज चार्टर्ड विमानमार्फत् नेपाल पठाउँदैछ । डिपोट गरिएका नेपालीहरु सवार चार्टर्ड विमान आज ४ः १५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
अध्यागमन कार्यालयका अनुसार सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरिएको थियो । तर, पछि केही नेपालीहरु रोकिएको बताइएको छ ।
डिपोर्ट भएर आज काठमाडौं अवतरण गर्न लागेका नेपालीहरुलाई भने के कारणले डिपोर्ट गरिएको हो भन्ने व्यवहोरा पत्रमा स्पष्ट खुलेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता एवम् बरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले आज आउन लागेका नेपालीहरु अमेरिकाको इमिग्रेसन कानुन उल्लंघन गरेकाले डिपोर्ट गरिएको भन्ने व्यहोराको पत्र अध्यागमनलाई प्राप्त भएको छ । अरु कुनै कारण पत्रमा लेखिएको छैन ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिकी सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरुकै देश फर्काइरहेको छ ।
ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेयता हालसम्म १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । डिपोर्ट हुनेहरुमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु रहेको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-08
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
