
वासिङ्टन डिसी (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध अन्त्य भएको बताएका छन् । शनिबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले सो कुरा बताएका हुन् ।
अन्तर्वार्तामा ट्रम्पलाई जब मस्कसँगको सम्बन्ध समाप्त भएको हो भन्ने प्रश्नमा उनले भने, ‘म अनुमान गर्छु, हो।’ जब उनलाई ‘के तपाईं बिग्रिएको सम्बन्ध सुधार्ने इच्छा राख्नुहुन्छ रु’ भनेर सोधियो, उनले संक्षिप्तमा भने, ‘अहँ।’
ट्रम्प र मस्कबिचको सम्बन्ध बिग्रिएको कुरा सामाजिक सञ्जालमा सार्वजनिक विवादपछि आएको हो । टेक व्यवसायी मस्क, जसले ट्रम्पको निर्वाचन अभियानमा लाखौँ डलर दान गरेका थिए र ह्वाइट हाउसको एक सल्लाहकारसमेत बनेका थिए ।
ट्रम्पको कर र खर्चसम्बन्धी विधेयकको सार्वजनिक आलोचना गरेपछि यो विवाद त्यसपछि चर्किएको हो । उनको भनाइमा यो विधेयक पारित भएमा राष्ट्रिय घाटामा खरबौं डलर थपिनेछ र सरकारी खर्च कटौती गर्ने उद्देश्यले उनले नेतृत्व गरेको विभाग, डिपार्टमेन्ट अफ गर्भनमेन्ट एफिसिएन्सी (डज) को प्रयासलाई कमजोर पार्नेछ ।
डजबाट १२९ दिनपछि बाहिरिएका मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा उक्त विधेयकलाई ‘घिनलाग्दो र विकृत’ भनेका थिए । तर त्यो बेला उनले ट्रम्पलाई प्रत्यक्षरूपमा आलोचना गरेका थिएनन्। तर बिहीबार ट्रम्पले पत्रकारहरूसँग भने, ‘म मस्कको व्यवहारप्रति निराश छु।’
त्यसपछि मस्कले एक्समा थुप्रै पोस्ट गर्दै आफू नहुँदो हो त ट्रम्पले चुनाव जित्न नसक्ने थिए समेत भनेका थिए। साथै, उनले ट्रम्पलाई यौन तस्करीको आरोपमा जेलमा नै रहेका बेला मरेका विवादास्पद व्यापारी जेफ्री एपस्टीनसँग जोडिएको आरोपसमेत लगाए । त्यो पोस्टपछि हटाइयो ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा मस्क ‘पागल’ भएको भन्दै प्रतिक्रिया दिएका छन् । एउटा पोस्टमा उनले मस्कका संघीय सरकारसँगका ठेक्काहरू कटौती गर्ने चेतावनीसमेत दिएका छन् ।
शनिबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले मस्कले राष्ट्रपतिको कार्यालयप्रति ‘सम्मान’ नदेखाएको आरोप लगाए। ‘मलाई लाग्छ यो निकै नराम्रो कुरा हो, किनकि उनले राष्ट्रपतिको कार्यालयप्रति निकै असम्मानजनक व्यवहार गरेका छन्। तपाईं राष्ट्रपतिको कार्यालयप्रति असम्मान गर्न सक्नुहुन्न,’ ट्रम्पले भने।
ऋयललभअत क्ष्एक्
Sudina Shrestha
प्रकाशित: २६ जेष्ठ २०८२, आईतवार ०८:३४
Three killed, 13 injured in Bajura jeep accident

कोलम्बिया विश्वविद्यालयले अमेरिकी प्रशासनलाई २०० मिलियन डलर तिर्ने

जलवायु परिवर्तनको असर बारे अन्तर्राष्ट्रिय न्याय अदालतको ऐतिहासिक फैसला

रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभा बैठक बहिष्कार

फिल्म ‘सिटामोल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक, जनै पूर्णिमाबाट प्रदर्शनमा

एमालेमा पुर्वराष्ट्रपतिलाई लगाइएको रोक प्रथम दृष्टिमै वदर योग्य- महासचिव गुरुङ
