एजेन्सी । अमेरिकाले नेपालीलाई दिंदै आएको अस्थायी बसोबास सम्बन्धी अनुमति टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज गरेको छ । अमेरिकाको गृह सुरक्षा मन्त्रालयले सूचना निकालेर नेपालको अवस्थाको समीक्षा र सम्बन्धित साझेदार निकायहरूसँगको परामर्शपछि नेपालीले टीपीएसका लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने निष्कर्ष निकालेको जनाएको छ ।
मन्त्रालयले टीपीएस हैसियतमा अमेरिकामा बस्दै आएका नेपालीहरूको अरू हैसियतमा बस्ने वैधानिक आधार छैन भने अब स्वदेश फर्किने तयारी गर्न पनि भनेको छ । अमेरिकी गृह सुरक्षा मन्त्रालयको सूचना अनुसार टीपीएस सुविधामा अमेरिकामा बसिरहेका नेपालीले अबको दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने हुन्छ ।
चार वर्षअघि सन् २०२१ को अन्त्यसम्ममा १४ हजार पाँच सय ५६ नेपाली अमेरिकामा टीपीएस कार्यक्रमअन्तर्गत बसिरहेका थिए । ९ महिनाअघि सार्वजनिक भएको अर्को तथ्याङ्कमा भने विश्वका १६ देशबाट आठ लाख ६३ हजार रहेकामा नेपालका सात हजार आठ सय ७५ जना अमेरिकामा टीपीएस कार्यक्रमअन्तर्गत बसिरहेको उल्लेख छ ।
सन् २०१५ मा राष्ट्रपति बाराक ओबामाको प्रशासनले नेपालीलाई टीपीएसको हैसियत प्रदान गरेको थियो । टीपीएस सशस्त्र द्वन्द्व, वातवरणीय प्रलय लगायतका असाधारण सङ्कटमा रहेका देशका आप्रवासीलाई अमेरिकामा बस्ने र काम गर्ने अनुमति दिने कार्यक्रम हो । यसअन्तर्गत नेपाल, एल साल्भाडोर, निकारागुआ र होन्डुरसका ती लाख ३७ हजार आप्रवासी अमेरिकामा बसोबास गरिरहेका छन् । अब उनीहरुले अमेरिकामा वैध रूपमा बस्ने अधिकार गुमाएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-06
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
