
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएर्इ) जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ । मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको जानकारी दिँदै युएईस्थिति दूतावासको सुझावमा न्यूनतम तलब एक हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रीस्तरीय निर्णय गरिएको बताए ।
उनले तोकिएको नयाँ तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान नपाउने बताए । युएई जाने कामदारको न्यूनतम तलब सुविधा एक हजार दिरामभन्दा कम भए माग पत्र प्रमाणिकरण नहुने बताइएको छ । “युएई जाने कामदारको हकमा पहिले आठ सय, एक हजार र एक हजार दुई सय दिराम तलबको अनुपात लागू थियो । तर, अब अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको क्रमशः न्यूनतम एक हजार, एक हजार दुई सय र एक हजार पाँच सय दिराम तलब निर्धारण गरिएको छ”, मन्त्री भण्डारीले भने, “तोकिएकोभन्दा कम तलब भए कुनै पनि माग पत्र प्रमाणीकरण हुनेछैन ।”
Sudina Shrestha
प्रकाशित: २४ जेष्ठ २०८२, शुक्रबार ०९:०६
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

आन्दोलनमा चिकित्सक, आज आकस्मिकबाहेकका अन्य सेवा बन्द

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
