काठमाडौं । युरोपेली पत्रकार महासङ्घ ९इएफजे०ले गाजामा दुई सय पत्रकार तथा मिडियाकर्मीको हत्या भएको जनाएको छ ।
इजरायली आक्रमणलाई पत्रकारहरूमाथिको अकल्पनीय नरसंहार भन्दै सन् २०२३ अक्टोबरदेखि गाजामा आक्रमणको क्रममा २०० पत्रकार तथा मिडियाकर्मीको हत्या भएको इएफजेले जनाएको हो ।
बुडापेस्टमा दुई दिनको बैठकपछि बुधबार जारी गरिएको विज्ञप्तिमा इएफजेले गाजामा पत्रकार सहित सर्वसाधारणमाथि भएको घातक हमलाको निन्दा गरेको छ । संयुक्त घोषणापत्रमा ४७ युरोपेली देशहरूमा इएफजेका १२० सदस्यहरूले हस्ताक्षर गरेका छन् ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र संयुक्त राष्ट्रसङ्घीय निकायले इजरायली आक्रमणलाई नरसंहारको रूपमा वर्णन गरिरहेको बेला इजरायली सेनाले युद्ध अपराधका साक्षीहरूलाई चुप गराउन गाजामा मिडिया बन्द गर्न खोजिरहेको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकारका रूपमा मौलिक मानव अधिकार प्रेस स्वतन्त्रताका लागि उनीहरूको अक्रमण्यताको निन्दा गर्दै पीडित प्यालेस्टिनी सहकर्र्मीहरूसँग एकता व्यक्त गरी अधिकारको माग गर्नु पत्रकारको कर्तव्य भएको इएफजेले बताएको छ ।
इएफजेले मिडिया व्यवसायी र पत्रकारहरूलाई युरोपेली प्रतिक्रियामा आफ्ना प्यालेस्टिनी सहकर्मीसँग एकतावद्ध भई प्रतीकात्मक सतर्कता आयोजना गर्न आह्वान गरेको छ ।
बैठकले ईयू निर्देशक समितिलाई प्यालेस्टिनी पत्रकारहरूको सुरक्षा गर्न र मध्य पूर्वमा सूचनाको स्वतन्त्रताको ग्यारेन्टी गर्न सबै ईयू संस्थाहरूसँग मिलेर हस्तक्षेप गर्न पनि आह्वान गरेको छ । इएफजेले पत्रकारलगायत नागरिकहरूको नरसंहार अन्त्य गर्न, अपराधीलाई दण्डमुक्त गर्ने परिपाटीको अन्त्य गर्न र गाजामा तुरुन्तै अन्तर्राष्ट्रिय मिडियाको पहँच कायम गर्दै युद्धविरामको आह्वान गरेको छ । रासस/क्यूएनए
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-05
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
