
काठमाडौं । ललितपुरको ठैवमा विद्युत्को पोल सार्ने क्रममा पोलले लागेर एक जनाको मृत्यु भएको छ । आज गोदावरी नगरपालिका–१४ स्थित सरस्वतीटार टोलमा बाटो निर्माणको सिलसिलामा जेसिबीले पोल अड्याउन नसक्दा उक्त पोलले थिचिएर स्थानीय ५५ वर्षीय रमेश शाहीको मृत्यु भएको प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिए ।
उक्त घटनापछि आक्रोशित स्थानीयले जेसिबीको दायाँपट्टीको सिसा फुटाइदिएका छन् । “घटनास्थलमा ८०–९० जना स्थानीय जम्मा भएका थिए, प्रहरी टोलीले घटनालाई शान्त बनाउने प्रयास गरेको छ । मृतकको शवलाई परीक्षणका लागि पाटन हस्पिटल पठाएका छौँ”, उनले भने ।
Sudina Shrestha
प्रकाशित: २३ जेष्ठ २०८२, बिहीबार १०:०२
Three killed, 13 injured in Bajura jeep accident

कोलम्बिया विश्वविद्यालयले अमेरिकी प्रशासनलाई २०० मिलियन डलर तिर्ने

जलवायु परिवर्तनको असर बारे अन्तर्राष्ट्रिय न्याय अदालतको ऐतिहासिक फैसला

रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभा बैठक बहिष्कार

फिल्म ‘सिटामोल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक, जनै पूर्णिमाबाट प्रदर्शनमा

एमालेमा पुर्वराष्ट्रपतिलाई लगाइएको रोक प्रथम दृष्टिमै वदर योग्य- महासचिव गुरुङ
