दाङ । दाङको तुलसीपुरमा दुई किशोरबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ । उनीहरुबीच फेसबुकमा भनाभन भएपछि भेटेपछि कुटाकुट भएको थियो ।
कुटाकुटपछि घाइते भएका १५ वर्षीय बिराज गिरीको उपचारका क्रममा आज बिहान बाँकेको नेपालगन्जस्थित नर्सिङहोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानामगरले जानकारी दिए । रुकुम पश्चिमको बाफीकोट गाउँपालिकाका गिरी अध्ययनका लागि दाङको तुलसीपुर उपमहानगरपालिका– ८ दुधेनामा डेरामा बस्दै आएका थिए । जेठ १९ गते साढे ५ बजेतिर विद्यालयबाट घर फर्किँदै गरेका १५ वर्षीय यज्ञ वली र गिरीबीच तुलसीपुर– ९ बेलुवामा कुटाकुट भएको प्रहरीले जनाएको छ । प्रहरी हिरासतमा रहेका वलीका अनुसार सुरुमा गिरीले उनीमाथि कुटपिट गरेका थिए । त्यसपछि आफूले पनि गिरीलाई मुक्का प्रहार गरेको प्रहरीलाई बयान दिएका छन् ।
प्रहरीका अनुसार कुटाकुटपछि उनीहरु दुबैजना सँगै नजिकैको स्कुलको क्यान्टिनमा गइ पानी पिएका थिए । पानी पिएपछि गिरी एकाएक ढलेका थिए । मुक्का प्रहारबाट गिरीको टाउकोमा भित्री चोट लागेपछि अचेत भएको हुनसक्ने प्रहरीको आकलन छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई नेपालगन्ज नर्सिङ होममा पठाइएको थियो । त्यहाँ उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । त्यही क्रममा बिहीबार आज बिहान पौने ३ बजेतिर गिरीको मृत्यु भएको प्रहरीले बताएको छ ।
उनीहरू श्री माध्यमिक विद्यालय दोघरेमा अध्ययरत थिए । गिरीलाई कुटपिट गर्ने यज्ञ वली प्रहरी नियन्त्रणमा छन् । प्रहरीका अनुसार उनीहरुबीच सामाजिक सञ्जाल फेसबुकमा आपसमा गालीगलौज भएको थियो । त्यसपछि भेट हुँदा उनीहरुबीच विवाद हुँदा कुटाकुट भएको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-05
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
