
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ ।
राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण हुन लागेको हो । मोदी गाउँपालिका–२ पातीचौर–६ डिमुवा जोड्नेगरी पुल निर्माण हुन लागेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । आयोजनाका इञ्जिनियर कल्पना मिश्रका अनुसार आर्क ब्रिज निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पुल विभागबाट स्वीकृत भएको छ ।
पुल निर्माण हुने स्थानमा रहेका विद्युत्का उपकरण हटाउने काम भइरहेको इञ्जिनियर मिश्रले जानकारी दिए । बैसठ्ठी मिटर लामो र ११ मिटर चौडा पुल निर्माणका निम्ति रु सात करोड ५० लाखमा ठेक्का सम्झौता भइसकेको छ ।
Sudina Shrestha
प्रकाशित: २३ जेष्ठ २०८२, बिहीबार ०९:३३
नेपाली फिल्म ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइड स्ट्रीमिङ, ४३ भाषामा सबटाइटल

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मानव बेचबिखन कार्यमा संलग्न व्यक्ति पक्राउ
गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जलविद्युत् जडानको सम्झौता
