
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युुवाहरुका साथमा सरकार रहने भएकाले उच्च मनोबल र आत्मविश्वास लिएर काम गर्न आग्रह गर्नुभएको छ ।
बागबजारस्थित ‘आइडिया स्टुुडियो’मा आयोजित ‘नवप्रवर्तक युुवाहरुसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा शिक्षामा जनशक्ति प्रक्षेपणको नीति तर्जुमाका लागि अध्ययन गराएको स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा ‘जेन्जी’ पुस्ता र ‘स्टार्टअप’ का कार्यक्रमलाई उच्च महत्व दिइएको बताउनुुभयो ।
“युवाहरुले हाल जे जस्तो छ, त्यसैमा सन्तोष मान्नुु हुन्न । परिवर्तनका लागि र राम्रोका लागि लाग्ने स्वभाव बोक्नुुपर्छ । असन्तोष मान्नुुपर्छ भन्नुको अर्थ सामाजिक सञ्जालमा मुख छाड्ने प्रवृत्तिहरु पनि ठिक होइन, त्यस्तो गर्नेहरु उल्टै पारिवारिक तनावमा परेका हुन्छन् ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “अब युवाहरुले जब खोज्नेतिर होइन, जब सृजना गर्नेतिर लाग्नुुपर्छ । उद्यमशीलता, रोजगारी, बजारीकरण र नयाँपनका माध्यमबाट स्वदेशमै अवसर छ भन्ने देखाएर कामकै लागि युुवाहरु विदेश जाने क्रम रोक्नुुपर्छ ।’’
प्रधानमन्त्री ओलीले युुवाहरुले रचनात्मकतामा निरन्तरता दिनुुपर्नेमा जोड दिँदै सुरङमार्ग, जलमार्गजस्ता पूर्वाधार विकासमा भइरहेकाले सरकार र सबै क्षेत्रको सत्प्रयासबाट मुलुकको समृद्धि हासिल हुने बताउनुुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले ‘आइडिया स्टुुडियो’ को सम्बद्र्धनमा स्वदेशमै उत्पादित सामान तथा आविष्कारहरुको प्रदर्शनी अवलोकन गर्नुभएको थियो ।
‘आइडिया स्टुुडियो’ का संस्थापक डा छिरिङ लामा र काठमाडौँ मोडेल कलेजका अध्यक्ष रामेश्वर अर्यालले युवाहरुको नवप्रवर्तनका लागि भइरहेका प्रयास र उपलब्धिबारे प्रधानमन्त्री ओलीलाई अवगत गराउनुुभएको थियो ।
Sudina Shrestha
प्रकाशित: २२ जेष्ठ २०८२, बुधबार १९:२२
Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काँग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रीहरु पनि सहभागी हुने
