
काठमाडौं । ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । मंगलबार राति फक्ताङलुङ गाउँपालिका–३ लिङखिमस्थित सिस्ने खोलानजिकै २८ वर्षीय तेजेन्द्र लिम्बू माथि खुकुरी प्रहार हुँदा उनको मृत्यु भएको हो ।
श्रीमती सरितासहित तावास्थित फुपुका घरमा पाहुना आएका उकाली पानीका ३२ वर्षीय अर्जुन गुरुङले सामान्य विवाद हुँदा तेजेन्द्रमाथि खुकुरी हानेका थिए । खुकुरी प्रहारबाट कोखमा गम्भीर चोट लागेका तेजेन्द्रको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने अर्जुन हतियारसहित फरार छन् । उनकी श्रीमती सरिता पनि प्रहरी सम्पर्कमा छैनन् । प्रहरी निरीक्षक विवेक बस्नेतको टोलीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
Sudina Shrestha
प्रकाशित: २२ जेष्ठ २०८२, बुधबार ११:५४
Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काँग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रीहरु पनि सहभागी हुने
