काठमाडौं । रमण कन्स्ट्रक्सन प्रालिका सञ्चालक पवन महतो पक्राउ परेका छन् । महतोलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीले पवन पक्राउ परेको पुष्टि गरे ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ घर भई काठमाडौंको सिफलचौर बस्ने उनलाई धनुषा पठाएको छ । पवनका बुवा बलराम महतो र उनका अर्का छोरा रमणविरूद्ध पनि प्रहरीसँग पक्राउ पुर्जी छ । दुबै जना भने फरार छन् । उनीहरूविरुद्ध गत जेठ ६ गते जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएको थियो ।
उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघात आपराधिक लाभ सम्बन्धी कसुरमा जाहेरी परेको थियो । मधेस प्रदेश सरकारले दिगहवा लोखरम रोड निर्माणको लागि रमण कन्स्ट्रक्सन र इन्फ्रास्ट्रक्चर एस एन्ड बी प्रालिले संयुक्त रूपमा काम गर्ने सम्झौता गरेको थियो ।
संयुक्त रूपमा काम गरे पनि एस एन्ड बी प्रालिका सञ्चालक सन्तोकुमार यादवले ९ करोड २१ लाख रुपैयाँ र ८ करोड ९७ लाख रुपैयाँको बैंक ग्यारेण्टी राखेका थिए। त्यस्तै एक करोड ३४ लाखको दुई वटा र एक करोड ३३ दाखको दुई वटा एडभान्स पेमेन्ट बैंक ग्यारेन्टी राखिएको थियो।
ठेक्काको काम सञ्चालन भइरहेको बेलामा रमण कन्स्ट्रक्सनले आफूलाई फाइदा हुने मनसायले बैंक ग्यारेन्टी रकम तान्न लगाएको भन्दै यादवले उजुरी दिएका हुन्। ग्यारेन्टी रकम कुनै कारणले तान्नु परेको भन्दै काठमाडौंको चाबहिलस्थित बैंकको शाखाबाट रमण महतोको हस्ताक्षरबाट उक्त रकम झिकिएको थियो। त्यसबारे एस एण्ड बी प्रालिलाई जानकारी नै नदिइएको आरोप छ।
यसरी ठगीको आरोपमा फरार रहेका पवनलाई काठमाडौंको प्रहरीले पक्राउ गरेको हो। रमण कन्स्ट्रक्सनले काठमाडौंको धराहराको निर्माणको पनि ठेक्का पाएको थियो। यो कन्स्ट्रक्सन पटकपटक विवादमा तानिने गरेको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-04
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
