काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गरेका हुन् ।
आफूलाई कार्यालय प्रवेशमा बलपूर्वक अवरोध गरेको र दुर्व्यवहार गरेको भन्दै गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईले मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलसहितलाई बोधार्थ दिएर महानगर प्रहरी बल ऐनबमोजिम गएको चैत २१ गते भएको घटनाको जाँचबुझ नसकिन्जेल बढीमा ६ महिनाका लागि निलम्बन गरिएको जनाएको छ । पाण्डे निलम्बित भएपछि महानगरपालिकाले नगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई दिइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-04
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
