
काठमाडौं । बरिष्ठ गीतकार, गायक तथा साहित्यकार गणेश रसिकको निधन भएको छ । ललितपुरको नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो रसिकको निधन भएको हो ।
७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए । उपचारकै क्रममा भारत समेत गएका थिए । क्यान्सर अन्तिम स्टेजमा पुगेको भन्दै डक्टरले उनलाई फिर्ता गरेको थियो । तर, नेपाल आएपछि उनको स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुँदै गरेको बताउने गरेका थिए ।
भोजपुरमा जन्मिएका रसिकले नेपाली गीत, सङ्गीत, साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन् । रसिकका क्षितिजलाई ‘छुन खोज्दा’ ९कथासंग्रह २०२४०, ‘एउटा सारंगी छुन खोज्दा’ ९कथासंग्रह २०२७०, ‘रसिकका गीतहरु’ ९गीतसंग्रह २०४५०, ‘आकाशगंगाको ओतमुनि’ ९उपन्यास २०४८०, ‘जब सिस्नुहरु टेक्दै हिँडेँ’ ९संस्मरण २०५५०, ‘बिलाउँदै गएका गीत’ ९कथासङ्ग्रह २०५८०, ‘दशगजामा उभिएर हेर्दा’ ९उपन्यास २०६३०, ‘स्वाधिनताको पीडा’ ९गीतसङ्ग्रह २०६८० , ‘पेरुङ्गो संस्करण’ ९पाँच कृति २०७३० लगायत प्रकाशित छन् ।
उनले रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक ९२०३८–२०४००, सांस्कृतिक संस्थानको महाप्रबन्धक ९२०४०–२०४६०, साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक ९२०५२–२०५५०, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव ९२०७२–२०७५० जस्ता प्राज्ञिक संस्थानहरूको उच्च ओहोदाका गहन जिम्मेवारीहरू निर्वाह समेत गरेका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २१ जेष्ठ २०८२, मंगलवार ०९:२१
युवाहरुका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री

The Hidden Risks of Sanitary Pads: A Growing Concern for Women’s Health in Nepal

आज सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

सामान्य विवादमा खुकुरी प्रहार

रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ

निलम्बनमा परे काठमाण्डौ नगर प्रहरी प्रमुख राजु पाण्डे
