काठमाण्डौ । अर्को महिना हुने एशियन कप छनोटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग २–० गोलले पराजित भएको छ । हिजो बैंककमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने नेपाल सम्हालिन सकेन ।
थाइल्यान्डले दोस्रो हाफको ५९औं मिनेटमा फ्रिकिकमार्फत अग्रता लिएको थियो । झन्डै ३० यार्ड टाढाबाट मोंग्कोल्दीले पहिलो बारतर्फ प्रहार गरेको फ्रिकिकमा नेपालकी कप्तान एन्जिला तुम्बापो सुब्बा बलसम्म पुग्न नसक्दा गोल भएको थियो ।
त्यसपछि ७५ औं मिनेटमा थाइल्याण्डले काउन्टर अट्याकमा गोल थप्यो । यसअघि भएको क्लोज डोर मैत्रीपूर्ण खेलमा नेपाल १–० ले पराजित भएको थियो । नेपालले अर्को महिना एएफसी महिला एशियन कपको छनोट खेल्दैछ ।
उज्वेकिस्तानमा हुने प्रतियोगितामा नेपालले आयोजकसँगै लाओस र श्रीलङ्काको सामना गर्नेछ । चार टोली समूहको शीर्षस्थानमा रहने टोलीले सन् २०२६ मा अष्ट्रेलियामा हुने एशियन कपमा स्थान पक्का गर्नेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-03
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
