काठमाण्डौ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि नेपालले रोमाञ्चक जीत निकालेको छ ।
स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जीत निकालेको हो ।
२ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्यो । अन्तिम बलमा नेपालको जीतका लागि १ रन आवश्यक रहेको थियो । करणले सिङ्गल लिन कुद्दा विकेटकिपरले रिजनलाई रनआउट गरे पनि अम्पायरले वाइड दिएपछि खेल नेपालले जितेको हो । नेपालको जीतमा करण केसीले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ रन जोडे ।
कुशलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोडे । कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रनको योगफल तयार गर्यो ।
स्कटल्याण्डका लागि चार्ली टियरले सर्वाधिक ८० रन जोडे । त्यस्तै करण, सोमपाल र रिजनले २–२ विकेट लिए । सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो । जीतसँगै ८ टोली सहभागी लिग टू मा नेपाल १३ खेलमा ८ अङ्कका साथ सातौं स्थानमा छ । पराजित स्कटल्याण्ड १७ खेलमा २० अङकका साथ चौथो स्थानमा छ ।
विश्वकप लिग टू ओडीआई विश्वकप २०२७ को छनोट सिरिज हो । लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-03
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
