
काठमाडौं । राजावादीको प्रदर्शनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेधित क्षेत्र दायरा बढाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार अब काठमाडौंको कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने छ ।
जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै दुई महिनासम्मका लागि ती क्षेत्रमा मात्रै प्रदर्शन गर्न भनेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम काठमाडौंका यी क्षेत्रमा प्रदर्शनका लागि आदेश जारी गरिएको हो । कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र, बल्खु क्षेत्र र सिफल चौर क्षेत्रमा प्रदर्शन गर्न आदेश जारी गरिएको हो ।
चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला, अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाई भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै आदेश यस्तो आदेश जारी गरिएको जनाइएको छ ।
उक्त आदेश अनुसार दुई महिनासम्म तोकिएको क्षेत्रबाहेका स्थानमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।
Sudina Shrestha
प्रकाशित: २० जेष्ठ २०८२, सोमबार ०८:३१
प्रहरी भन्दै बन्धक बनाई डकैती गर्ने दुई जना पक्राउ

महाधिवेशनको मिति तोकेर अघि बढौं- डा. डिला संग्रौला

कुलिङ पिरियडमा गरिएको झेल बारे छानिबन गर्नुपर्छ- सभापति खतिवडा

अमेरिका भ्रमणमा जादै नेतान्याहू

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग
