काठमाडौं । राजावादीको प्रदर्शनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेधित क्षेत्र दायरा बढाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार अब काठमाडौंको कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने छ ।
जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै दुई महिनासम्मका लागि ती क्षेत्रमा मात्रै प्रदर्शन गर्न भनेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम काठमाडौंका यी क्षेत्रमा प्रदर्शनका लागि आदेश जारी गरिएको हो । कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र, बल्खु क्षेत्र र सिफल चौर क्षेत्रमा प्रदर्शन गर्न आदेश जारी गरिएको हो ।
चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला, अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाई भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै आदेश यस्तो आदेश जारी गरिएको जनाइएको छ ।
उक्त आदेश अनुसार दुई महिनासम्म तोकिएको क्षेत्रबाहेका स्थानमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-02
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
