कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

काठमाडौं । कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालिन सीईओ राजेन्द्रवीर राय पक्राउ परेका छन् । सीआईबीले बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा उनलाई शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो ।

बैंकमा रकम हिनामिनाको आरोप लागेपछि फरार रहेका रायलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए । रायलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

यस प्रकरणमा संलग्न बैंकका पूर्व सिईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी र हालका सिईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाहसमेत अनुसन्धानको दायरामा तानिएका छन् ।

Sudina Shrestha

प्रकाशित: १९ जेष्ठ २०८२, आईतवार १०:१२