काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ कायम भएको छ ।यसैबीच, निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ३ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा काठमाडौंमा प्रतिब्यारेल २२ अमेरिकी डलरले मूल्य घटाइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-01
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
