
तेलंगाना । ७२ औं मिस वर्ल्डको उपाधि थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् । शनिबार बेलुका भारतको हैदराबादमा आयोजित फिनालेमा उनले उपाधि जितिन् ।
विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना पिस्ज्कोभाले ताज पहिर्याइदिइन् । प्रतियोगितामा इथियोपियाकी हासेट डेरेजेले दोस्रो स्थान प्राप्त गरेकी छन् भने मार्टिनिककी औरेली योहाचिम तेस्रो भएकी छन् ।
यो वर्ष ग्रान्ड फिनालेको होस्टिङ मिस वर्ल्ड २०१६ स्टेफानी डेल भ्यालेले भारतीय प्रस्तोता साचिन कुम्भारसँग संयुक्त रूपमा गरेका थिए । सो प्रतियोगितामा नेपालबाट सृच्छा प्रधानले प्रतिनिधित्व गरेकी थिइन् भने भारतकी नन्दिनी गुप्ता सहित १०८ देशका युवतीहरूले ‘मिस वर्ल्ड’ प्रतियोगितामा भाग लिएका थिए ।
नन्दिनी अन्तिम दौडबाट बाहिरिएकी थिइन् । कार्यक्रममा बलिउड कलाकार ज्याक्लिन फर्नान्डिस र इशान खट्टरको लाइभ प्रस्तुति रहेको थियो । मे ७ मा सुरु भएको यो रोमाञ्चक प्रतियोगिता मे ३१ शनिबार नयाँ मिस वर्ल्डको छनोटसँगै समाप्त भएको छ । यो प्रतियोगिता सन् १९५१ देखि सुरु भएको थियो।
Sudina Shrestha
प्रकाशित: १९ जेष्ठ २०८२, आईतवार ०८:१९
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
