
काठमाण्डौ । पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले पहिलो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । इन्टर मिलानलाई ५–० गोलले हराउँदै पीएसजी पहिलो पटक च्याम्पियन बनेको हो ।
पीएसजीका डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १ गोल गरे । पीएसजीले यसपटक अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
यसअघिको सन् २०२० मा पीएसजीले च्याम्पियन लिग फाइनल खेलेको थियो । त्यति बेला टोली बायर्न म्युनिखसँग १–० ले पराजित भएको थियो । इन्टरले यसअघि तीन पटक उपाधि जितेको थियो ।
Sudina Shrestha
प्रकाशित: १९ जेष्ठ २०८२, आईतवार ०८:०३
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
