
- तस्बिर : रामकृष्ण गड्तौला
काठमाडौं । ‘धुम्रपानरहित दिवश’को अवसरमा नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएनपी) र काठमाडौं क्यान्सर सेन्टर (केसीसी)ले शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा मे ३१ दिनलाई ‘धुम्रपानरहित दिवश’को विश्वभर मनाइने गरिएको छ ।

सोही अवसरमा एनसीएनपी र केसीसीले प्रभातफेरि कार्यक्रम गरेको हो । प्रभातफेरी कार्यक्रम कमलपोखरी (सिटी सेन्टर)बाट कमलादी हुँदै घण्टाघर, महेन्द्र सालिक परिक्रमा गर्दै पुनः कमलपोखरी फर्किएर कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा विभिन्न क्यान्सर अस्पतालका डाक्टरहरु, स्वयंसेवकहरु, प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो । सुर्तीजन्य पदार्थ लगायतका हानिकारक तत्वको सचेतनात्मक प्रवाह गर्ने उद्देश्यले प्रभातफेरिको आयोजना गरिएको नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले बताए । उनका अनुसार प्रत्येक वर्ष एनसीएनपीले धुम्रपानरहित दिवशको अवसरमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
एनसीएनपीका अध्यक्ष प्रधानले भने, ‘धुम्रपान जन्य वस्तुले विश्वमा लाखौं व्यक्तिहरु विविध रोगको शिकार भई मृत्युवरण गर्नु परेको छ । यसविरुद्ध हामी सबै मिलेर हातोमालो गरी अगाडि बढनुपर्छ ।’ विश्व स्वास्थ्य संगठनले केही वर्षअघि गरेको सर्वेक्षणले मुलुकको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्ति धूम्र्रपान गर्ने गरेको पाइएको छ । यसमा १२ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य वस्तुको सेवन सुरु गर्ने गरेका छन् ।

विश्वका विभिन्न देशमध्ये नेपाल धूम्रपान सेवन गर्नेमा अग्रस्थानमा छ । नेपालमा ७३ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थको कुनै न कुनै रूपको सेवन गर्ने गरेको तथा कम्तीमा एकपटक अनुभव गरेका पुगनपुग ९० प्रतिशत भएको एक अर्को अध्ययनले देखाएको छ ।

कार्यक्रममा केसीसीका डा सुवासले सूर्तीजन्य वस्तुमा खेलाची गर्न नहुने भन्दै यसविरुद्ध सचेतना फैलाउनु प्रत्येक जिम्मेवार नागरिकको कर्तव्य भएको बताए । उनले भने, ‘स्वस्थ्य सबैभन्दा ठूलो धन हो र यसलाई सूर्ति, धुम्रपान मद्दपान, नशादी गरेर खेलाची गर्नुहुन्न । सबैलाई सचेतना फैलाउनु प्रत्येक जिम्मेवार नागरिकको कर्तव्य हो ।’ उक्त कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका तर्फबाट वर्तमान पदाधिकारीहरु, सल्लाहकारहरु, आजिवन सदस्यहरुको उपस्थिति रहेको थियो ।




















रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १८ जेष्ठ २०८२, शनिबार १५:४७
युक्रेनद्वारा रुसीमा हालसम्मकै सबैभन्दा ठुलो आक्रमण, ११७ ड्रोनको प्रयोग

अब कोटेश्वर, बल्खु र सिफल चौर क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने

राजसंस्था समर्थकद्वारा उपत्यका बन्द फिर्ता

भोली देखि देशभर अनिश्चितकालीन यातायात बन्द हुने घोषणा

चन्द्रागिरिमा भएको दुर्घटनामा महिलाको मृत्यु

Prachanda says Maoist awakening campaigns are mobilizing communities nationwide
