एजेन्सी । स्विट्जरल्यान्डमा हिमनदी फुटेर आएको बाढीका कारण तटीय क्षेत्रमा पर्ने ब्लाटन गाउँको झन्डै ९० प्रतिशत भाग पुरिएको छ । स्वीस पर्वतीय हिमनदी पग्लिएर आएको ढुङ्गा, माटो तथा ग्रेग्रानयुक्त पहिरोले उपत्यकाका रूपमा रहेको गाउँमा घरलगायतका संरचनाहरू पुरेको हो ।
स्वीस सरकारले १५ लाख क्युबिक मिटर बराबरको हिमनदीको ठूलो भाग पग्लिने तथा फुट्ने जोखिम रहेको भन्दै एक हप्ताअघि नै ब्लाटनका झन्डै तीन सय जना बासिन्दालाई सुरक्षित ठाउँमा पठाएको थियो । तर एक जना हराइरहेका स्थानीय प्रशासनले जनाएको छ ।
घटनापछि पत्रकार सम्मेलनमा बोल्दै स्विट्जरल्यान्डका वातावरणमन्त्री अल्बर्ट रोस्तीले घरबासमा क्षति पुगेका नागरिकलाई पुनर्स्थापना गर्ने पनि प्रतिबद्धता गरेका छन् ।
दुई वर्षअघि प्रकाशित स्वीस ग्लेसियर मोनिटरिङ नेटवर्क (ग्लामोस) को वार्षिक प्रतिवेदन अनुसार पछिल्लो दुई वर्षमा मात्रै स्विट्जरल्यान्डका हिमनदीको १० प्रतिशत पग्लिएर गएको देखिएको छ । स्विट्जरल्यान्डका १४ सय हिमनदीबारे वर्षौंदेखि अध्ययन गरेको अनुसन्धान टोलीले यस्तो निष्कर्ष निकालेको बीबीसीको खबरमा उल्लेख छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-30
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
