
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । बिहीबार संघीय संसदको संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
आगामी आर्थिक वर्षमा सबैभन्दा धेरै बजेट शिक्षा मन्त्रालयले पाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब बजेट विनियोजन गरिएको छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब, सहरी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड विनियोजन गरिएको छ ।
त्यस्तै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई ८६ अर्ब १ करोड र कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड, खानेपानी मन्त्रालयलाई ३३ अर्ब ८९ करोड, वन तथा वातावरण मन्त्रालयलाई १८ अर्ब ६१ करोड बजेट विनियोजन गरिएको छ ।
त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई १३ अर्ब २८ करोड, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब १४ करोड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ७ अर्ब ४९ करोड, युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ४ अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ। त्यस्तै सबैभन्दा कम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई दिइएको छ । उसलाई २ अर्ब ८ करोड बजेट विनियोजन गरिएको छ।
Sudina Shrestha
प्रकाशित: १७ जेष्ठ २०८२, शुक्रबार ०८:३९
Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काँग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रीहरु पनि सहभागी हुने
