
संखुवासभा । सशस्त्र प्रहरी बल नेपालका संस्थापक प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ तथा उनकी धर्मपत्नी नुडुप श्रेष्ठको स्मृतिमा संखुवासभाको चैनपुरमा सालिक अनावरण गरिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार सालिक अनावरण गरेका हुन् । सालिक चैनपुरको जिरो पोइन्टमा छ । महानिरीक्षक अर्यालले श्रेष्ठ सरल, शान्त र निडर स्वभावको भएको बताए ।
शालिक अनावरण क्रममा सशस्त्र प्रहरीको टोली सम्मानस्वरूप श्रद्दाञ्जली अर्पण गरेको थियो । अनावरण कार्यक्रम कृष्णमोहन नुडुप स्मृति प्रतिष्ठान चैनपुरको आयोजनामा गरिएको हो । चैनपुर नगरपालिकाको करिब ६ लाख लागत सहयोगमा सालिक निर्माण गरिएको हो ।
सशस्त्र प्रहरीका पहिलो महानिरीक्षक श्रेष्ठको २०५९ माघ १२ मा हत्या भएको थियो । उनको हत्याअघि तत्कालीन विद्रोही माओवादीले चैनपुरमा रहेको घरमा बम विस्फोट गरेर क्षति पुर्याएका थिए । श्रेष्ठको नेतृत्वमा २०५८ मा सशस्त्र प्रहरी बलको स्थापना गरिएको थियो ।
Sudina Shrestha
प्रकाशित: १५ जेष्ठ २०८२, बुधबार १०:२३
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
