काठमाण्डौ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । पोखरामा सम्पन्न भएको १०औं राष्ट्रिय महाधिवेशनबाट एमाले अध्यक्ष केपी शर्मा ओली निकट थेबे अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा प्रतिस्पर्धी सुमन पुरीलाई एक सय ८८ मतान्तरले हराउँदै थेबे अध्यक्षमा विजयी भए । थेबेले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत प्राप्त गरे । सर्वसम्मतीको प्रयास असफल भएपछि मतदानबाट नयाँ नेतृत्व चयन गरिएको हो ।
पुरी यसअघि महासचिव थिए । महासचिवमा थेबे प्यानलका महेश चौलागाईं, उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र अरुण कुँवर, महिला सचिवमा निशा लिम्बु सुब्बा, मधेशी सचिवमा मोबिन अख्तर आलम विजयी भएको छ ।
अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन (निजाम), निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी, युवा विज्ञ परिषद्मा चीन लामा निर्वाचित भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-28
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
