काठमाण्डौ । यस वर्षको मनसुन आउँदो शनिवारदेखि नेपालको पूर्वी भू–भागबाट प्रवेश हुने सम्भावना देखिएको छ । मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुन यसै हप्ताको अन्त्यमा नेपाल प्रवेश गर्ने सम्भावना रहेको उल्लेख छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भारतको आसामका केही भागहरू तथा भुटान र बङ्गलादेशको पूर्वी भागहरूसम्म मनसुनको आगमन भएको जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र गर्मी दुवै सरदरभन्दा बढी हुने यसअघि नै प्रक्षेपण गरिसकेको छ । सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन शुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्छ । यस वर्षको मनसुन सरदरभन्दा छिटो नेपाल प्रवेश गर्ने अनुमान गरिएको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-28
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
