काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौँ जनता सडकमा उत्रिएमा गणतन्त्र एकै दिनमा समाप्त हुने दाबी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित ‘युवासँग राप्रपा’ कार्यक्रममा उनले भारतमा १९० वर्षसम्म चलेको ब्रिटिश शासन भद्र अवज्ञाको माध्यमबाट अन्त्य भएको उदाहरण दिँदै दुई दशक नपुगेको गणतन्त्र पनि शान्तिपूर्ण आन्दोलनमार्फत हटाउन सकिने बताए ।
लिङ्देनले भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट वर्तमान व्यवस्थालाई परिवर्तन गर्न सकिने विश्वास व्यक्त गरे । उनले अहिलेको व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेको उल्लेख गर्दै यही स्थिति कायम रहे जनताले वर्षौंसम्म पनि सकारात्मक परिवर्तनको अनुभव गर्न नसक्ने बताए ।
उनले देशको अवस्था बिग्रँदा केपी ओली, शेरबहादुर देउवा वा प्रचण्डलाई कुनै असर नपर्ने, तर युवाहरूको भविष्य जोखिममा पर्ने भएकाले युवाहरू सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । वर्तमान राजनीतिक दलहरूले देशलाई थप सङ्कटतर्फ धकेल्ने भन्दै उनले समयमै व्यवस्था परिवर्तनको आवश्यकता औँल्याए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-27
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
