
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१–८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीसमेत तय भएको छ ।
साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् ।आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: १४ जेष्ठ २०८२, मंगलवार ०८:३३
२०८२ साउन १० गते शनिबार: आजको राशिफल

Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
