
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पूर्ण रूपमा पागल भइसकेको बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मञ्च ट्र थ सोसल अकाउन्टमा सो पोस्टमा लेखेका हुन् ।
‘पुटिनसँग मेरो सधैँ धेरै राम्रो सम्बन्ध रहँदै आएको छ, तर उनलाई केही भएको छ । उनी पूर्ण रूपमा पागल भएका छन् १ उनी बिना कारण धेरै मानिसहरूलाई मारिरहेका छन्, र म केवल सैनिकहरूको बारेमा कुरा गरिरहेको छैन । युक्रेनी सहरहरूमा बिना कारण मिसाइल र ड्रोनहरू प्रहार गरिँदैछ ।’
रुस विरुद्ध थप प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेको उनले बताएका छन् । ‘मैले सधैँ भनेको छु कि उनी युक्रेनको एक टुक्रा मात्र होइन, सम्पूर्ण युक्रेन चाहन्छन्, र त्यो सत्य साबित हुन सक्छ, तर यदि उनले त्यसो गरे भने यसले रुसको पतन निम्त्याउनेछ,’ अझ अगाडि ट्रम्पले लेखेका छन् ।
Sudina Shrestha
प्रकाशित: १३ जेष्ठ २०८२, सोमबार १०:३७
२०८२ साउन १० गते शनिबार: आजको राशिफल

Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
