सोलुखुम्बु । सदरमुकाम सल्लेरीको फाप्लु विमानस्थलबाट काठमाण्डौ हप्तामा चार दिन नियमित उडान हुन थालेको छ । नेपाल एयरलाइन्सले हप्ताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमवार, बुधवार, शुक्रवार, र शनिवार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ ।
नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु–काठमाण्डौ हवाई सेवा पुनः सञ्चालन भएको हो । जहाज मर्मत भएसँगै फेरि उडान सञ्चालन सम्भव भएको हो । यसअघि हप्ताको एक दिन उडान भर्दै आएको जहाज ‘ग्राउण्डेड’ हुँदा लामो समय फाप्लुमा उडान हुन सकेको थिएन ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-26
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
