काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा थाइल्यान्डले पहिले ब्याटिङ गर्ने भएको छ ।
थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोली थाइल्यान्डले पहिले ब्याटिङ गर्ने भएको हो । यसअघि नै ग्लोबल छनोटमा पुगिसकेका नेपाल र थाइल्यान्ड आज सुपर थ्रीको शीर्ष स्थानमा रहन प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार बिहान ९ बजे सुरु हुँदैछ ।
सुपर थ्रीको आफ्नो पहिलो खेलमा सोमबार यूएईलाई ५ विकेटले पराजित गर्दै नेपालले पहिलोपटक ग्लोबल छनोटमा स्थान पक्का गरेको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-20
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
