काठमाडौं । हुरी र असिनापानीका कारण बैतडीमा एक जना घाइते भएका छन् । सोमबार बेलुका आएको हुरीसँगैको वर्षाका कारण बैतडीका विभिन्न क्षेत्रमा क्षति भएको प्रहरीले जनाएको छ ।
हुरीले सिँगास गाउँपालिका–२ मैतडका विष्णु बोहराको दुईतले जस्तापाताले छाएको घरको छाना उडाएको छ । छाना उडाउँदा जस्तापाताले लागेर घरभित्र रहेका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएका छन् ।
टेकेन्द्रको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।उनका अनुसार सिँगास–५ खैरकोट, सल्याली, ढुङ्गाडका केही घरमा पनि हुरीले क्षति पुगेको छ ।
पाटन नगरपालिका–८ धारीमा एकतले जस्तापाताले छाएको सामुदायिक भवनको छानो उडाएको छ । उक्त भवनको छानो उडेर नजिकै रहेको विनोद महराको घरबाहिर बाँधेको पाडोलाई लाग्दा पाडो मरेको प्रहरी निरीक्षक बडुले बताए ।
हुरीले रुख ढल्दा डिलाशैनी गाउँपालिका–६ नेगाउस्थित निङ्लासैनी आधारभूत विद्यालयको शौचालयमा क्षति पुगेको छ ।
हुरीका कारण सडकमा रुख ढलेर महाकाली राजमार्ग पनि बन्दसमेत भएको थियो । डिलाशैनी–६ बाङ्गाबगरमा रुख ढलेर केहीबेर अवरुद्ध भएको राजमार्ग अहिले खुलिसकेको नियमित सञ्चालन भइरहेको उनले जानकारी दिए ।
असिनापानीले फलफूल र तरकारीमा क्षति पुगेको दोगडाकेदार गाउँपालिका–४ का उमेश भट्टले जानकारी दिए । उनले भने, ‘एक्कासि आएको असिनापानीले वर्षे फलफूल र तरकारीमा क्षति पुगेको छ ।’ हुरीका कारण विद्युत् सेवा पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
विद्युत् सेवा सञ्चालनको प्रयास भइरहेको जिल्लास्थित नेपाल विद्युत् प्राधिकरणका प्रमुख जनार्दन पौडेलले बताए । यसअघि गत चैत अन्तिम साता पनि असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी र बेर्नामा क्षति पु-याएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-20
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
